Sajhamanch Archive

बोलेरो दुर्घटना हुँदा ओखलढुङ्गामा तीन जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

ओखलढुङ्गा । ओखलढुङ्गामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मानेभञ्ज्याङ–४ धुसेनीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चारजना सवारमध्ये तीनजनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनी बस्ने ७१ वर्षीया विनामाया आलेमगर, सोही स्थान बस्ने ५० वर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ वर्षीया बालिका डोलकुमारी आलेमगर रहेका छन् ।

मङ्गलबार बिहान सवा ११ बजे धुसेनीतर्फ जाँदै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ७०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी डोलकुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो चार बजे मृत्यु भएको हो । विनामाया र टुल्कीमायाको सोही अस्पतालमा अहिले बेलुका साढे छ बजे मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *