Sajhamanch Archive

लिभरपुल माथि रियलको सहज जित

Published: in खेलकुद, by .

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सर्वाधिक च्याम्पियन टोली स्पेनिस क्लब रियल मड्रिडले लिभरपुलविरुद्ध सहज जित निकालेको छ ।

घरेलु मैदानमा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको हो ।
मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । मार्को एसेन्सियोले एक गोल थपे । उता लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो । ५१ औं मिनेटमा सलाहले गोल गर्दा लिभरपुल २–१ गोलको अवस्थमा ल्यायो ।

६५ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित गरे ।

जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब रियलले आफ्नो घरेलु मैदानमा फराकिलो जित निकाल्नु पर्नेछ । दुई टोलीबीचको दोस्रो लेग आगामी अप्रिल १४ मा हुनेछ ।

प्रिमियर लिगमा यो सिजन कमजोर बनिरहेको लिभरपुललाई च्याम्पियन्स लिग जित्ने अवसर भने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *