Sajhamanch Archive

बिर्तामोडमा मासु व्यवसायी परियार मृत भेटिए

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको तीन दिनपछि बिर्तामोडमै अर्का एक व्यक्ति मृत फेला परेका छन् ।

हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको हो । परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाशबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । लाश फेला परेको खबर आफूहरुलाई विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

तीन दिनअघि आइतबार विहान गाउँले होटलका संचालक निरौला चारआली जंगलमा मृत फेला परेका थिए । निरौलाको हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा अर्को हत्या भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *