Sajhamanch Archive

अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by .

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।

अफगान युद्धको अनुगमन गरिरहेको समूहकाअनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको छ ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *