Sajhamanch Archive

ओलीले विदेशी शक्तिसमक्ष आत्मसपर्ण गरे : प्रचण्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गरे ।

केपी ओलीले संविधान च्यात्ने काम सुरु गरेको उनको अ‍ारोप छ । कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए ।

केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो,  उनले भने ।

त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले-एमाले र माओवादी(माओवादी भनेर भन्न नुहेने कुरा गरेको प्रचण्डको दाबी छ ।

उनले अब जनताको तागतले नै आफू काठमाडौंमा बसेर शक्ति निर्माण गर्ने पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *