Sajhamanch Archive

पहाडी भू–भागका केही स्थानमा आज वर्षा हुने, वायु प्रदूषणबाट बच्न विभागको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आज दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ ।

विभागका अनुसार आजराति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले देशको तराई र पहाडि भू–भागका केही स्थानमा तुवाँलो लागेकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणका कारण आँखा र नाक पोल्ने, टाउको दुख्नेजस्ता समस्या देखिँदै आएको छ ।

लामो समयदेखि पानी नपर्दा र धेरै ठाउँमा डडेलो लागेका कारण अध्यधीक मात्रामा वायु प्रदूषण भएकाले केहीदिन यता भिजिविलिटीसमेत न्यून हुँदै आएको छ । डडेलो नियन्त्रण नहुँदासम्म वायु प्रदूषण स्थिर रहने वातावरण विभागले बताएको छ । ठूलो पानी परेपछि अथवा ठूलो हवाहुरी चलेपछि मात्रै वायु प्रदूषण कम हुने वातावरण विभागका प्रवक्ता इन्दिुविक्रम जोशीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *