Sajhamanch Archive

कोभिडविरुद्धको चिनियाँ खोप पहिलो दिन साढे २६ सयले लगाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । तेस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो दिन २ हजार ६५६ जनाले लगाएका छन् । बुधबारदेखि सुरु भएको खोप अभियानमा पहिलो दिन चीनमा पढ्दै गरेका तर हाल नेपालमै रहेका र जाने तयारीमा रहेका विद्यार्थीलाई प्राथमिकता दिइएको थियो । त्यस्तै चीनसँगको व्यापार सम्बन्ध रहेका व्यक्तिहरूलाई समेत हिजो खोप दिइएको थियो ।

बुधबार बाग्मती प्रदेशका १३ जिल्लाबाट प्रदान गरिएको खोप आजदेखि सिन्धुपाल्चोक, नुवाकोट र रसुवाबाट पनि दिइने खोप विभाग प्रमुख डा। झलक गौतमले बताए । उनकाअनुसार आजदेखि अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी, डेरी व्यवसायी प्राध्यापकहरूलाई खोप दिइनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *