Sajhamanch Archive

रोमाको अर्धशतकमा प्रदेश–१ विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश नम्बर–१ ले राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश–१ विजयी भएको हो । त्रिवि क्रिकेट मैदानमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले हरायो ।

प्रदेश–१ ले दिएको १२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रनको योगदान गरिन् । सुमन खतिवडाले २७ रन जोडिन् ।

बलिङतर्फ प्रदेश–१ की रुबिना क्षेत्रीले ३ विकेट लिइन् । सवनम राई र ज्योति दनुवारले १र१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा २ विकेट गुमाएर १२८ रन बनाएको थियो । प्रदेश–१ का लागि रोमा थापाले अविजित रहँदै ६६ रनको अर्धशतकीय पारी खेलिन् । अप्सरी बेगमले अविजित २६ रन जोडिन् ।

बलिङतर्फ ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १र१ विकेट लिए । प्रदेश–१ ले चार खेलमा ४ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको हो । ललितपुरले ४ खेलबाट २ अंकसहित प्रतियोगिता अन्त्य गर्‍यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *