Sajhamanch Archive

जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,  उनले भने ।

उनले कोभिड १९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।

अर्को प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *