Sajhamanch Archive

उपभोग्य वस्तु आयात नगरौँ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक उपभोग्य वस्तु आयात नगर्न आग्रह गरेका छन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन, विदेशी मुद्रा सञ्चिति बढाउँदै आर्थिक विकास गर्न उपभोग्य वस्तुको आयात गर्न नहुने बताए ।

“उपभोग्य वस्तु आयात गर्ने होइन, अत्यावश्यक वस्तु मात्रै आयात गर्ने हो । त्यसपछि मात्रै व्यापार असन्तुलन मिल्छ । व्यापार घाटा सन्तुलमा आउनेबित्तिकै मुद्रा सञ्चिति बढ्छ । त्यसले आर्थिक गतिविधिलाई बढावा दिन्छ,” उनले भने

बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा उनले देशमा आवश्यक नै नभएको वस्तु प्रयोग गर्न आयात हुने गरेको भन्दै आन्तरिक उत्पादन बढाउन र त्यसैको खपत गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताए । “पर्यटन क्षेत्र, होटेल क्षेत्रसहित प्रभावित भएको छ । “अर्थतन्त्र कोभिडले क्षति नभएको होइन । तर, त्यति अर्थतन्त्रमा धक्का परेको छैन, जति विश्वका अन्य देशमा परेको छ,” उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र एक हुनुको विकल्प नभएको बताए ।

साधारणसभाले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *