Sajhamanch Archive

युरोपा लिग :  ग्रानडासँगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

म्यानचेस्टर युनाइटेडलाई जिताउन रासफोर्डले ३१ औं मिनेटमा र ब्रुनो फर्नान्डेसले ९० औं मिनेटमा १र१ गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २.० को जित दिलाएका हुन् ।

यस जितसँगै युनाइटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै आर्सनल र स्लाभिया पार्गबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *