Sajhamanch Archive

आजबाट आईपीएल , पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै

Published: in खेलकुद, by .

काठमाडौं । सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । अ‍ाज हुने पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दै छन् । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार आजसाँझ ७ः४५ बजे सुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा हुने खेलमा आज दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । रोहित शर्माको कप्तानीमा मैदान उत्रन लागेको मुम्बई आजको खेलमा जित निकालेर सुखद सुरुवात गर्न चाहन्छ ।

यता भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानीमा मैदान उत्रन लागेको बैंगलोर पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

दुई टिमबीचको हालसम्मको नजिता हेर्दा बैंगलोरभन्दा मुम्बई बलियो देखिन्छ । पछिल्ला पाँच खेलमा मुम्बईले ३ खेलमा जित निकालेको छ भने बैंगलोरले २ खेल जितेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *