Sajhamanch Archive

माओवादी केन्द्रले गृह मन्त्री थापालाई सांसदबाट हटायो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।

नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार आज राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको नेता शर्माले जानकारी दिए ।

यसअघि बिहीवार नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीको प्रतिनिधि सभा सदस्य पद खारेज भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *