Sajhamanch Archive

प्रदेश १ मा शनिबार थप २१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज शनिबार २१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६, पथरी शनिश्चरे, सुन्दरहरैंचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना, झापाको दमकमा ४, बिर्तामोड र भद्रपुरमा १–१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आजसम्म ३० हजार ४३८ जनामा संक्रमण भएको छ ।

प्रदेश १ मा आज १९५ जनाको पीसीआर परीक्षण गर्दा ७ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *