Sajhamanch Archive

पदकमा नयाँ नक्सा नराखेको भन्दै विरोधमा नक्सासहित प्रदर्शन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा नयाँ नक्सा छुटेको विरोधमा नेकपा एमालेको माधव नेपालसमूहका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेपाल समूह निकटको अनेरास्ववियूले काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्सासहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले झुटो नक्सा चाहिन्न, चुच्चे नक्सा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नभई नेपालको पुरानै नक्सा राखिएको थियो । सरकारले भने पदक घोषणा गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्सा राखेको बताउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *