Sajhamanch Archive

३,११२ जना नमुना परीक्षण गर्दा थपिए ३०३ संक्रमित

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३०३ संक्रमित थपिएका छन् । तीन हजार ११२ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३०३ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७४ हजार २७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको थियो ।

हाल देशभर क्वारेन्टिनमा ८३ जना छन् भने आइसोलेसनमा दुई हजार ९६१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *