Sajhamanch Archive

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो अहिले नियन्त्रणमा आएको छ ।

आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए ।

पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको थियो ।

त्‍यसअघि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *