Sajhamanch Archive

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

Published: (Updated: ) in समाज, by .

काठमाडौं । चितवनको राप्ती नगरपालिका ११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।

राप्ती नगरपालिका ५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका ४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन । हिजो बेलुका थाकलटारबाट चिउँडेखोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँदा पाँच जनाको ज्यान गएको र १९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *