Sajhamanch Archive

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य, by .

विराटनगर । प्रदेश १ मा सोमबार २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा संक्रमण रहेको पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयकाअनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको ।

प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३० हजार ४७० पुगेको छ । सक्रिय संक्रमितको संख्या १४० रहेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *