Sajhamanch Archive

भारतमा १ लाख ६० हजार कोरोना संक्रमित फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by .

काठमाडौं । भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५ लाख ८० हजार ३८७ सक्रिय संक्रमित रहेका छन् । यो अहिले बढेर १२ लाख ५८ हजार ९०६ पुगेको छ । सोमबार ६२ हजार ९४६ जना सक्रिय संक्रमित थपिएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *