Sajhamanch Archive

कोरोना जोखिम न्यूनीकरणबारे नयाँ मापदण्ड आउँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै यसको जोखिमलाई हेर्दै सरकारले विभिन्न मापदण्ड लागू गर्न लागेको हो ।

यसअघि कोरनाको जोखिम उच्च भएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो ।

सो प्रस्तावमा छलफल गर्न हिजो मन्त्रिपरिषद् बैठक पनि बसेको थियो । तर बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो । केही दिनको अवस्था हेरेरमात्र सो सम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।

सरकारले तत्काल कुनै क्षेत्र बन्द गर्ने निर्णय गर्नुपूर्व कोरोनाको नयाँ प्रजातिबारे जनचेतना फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गरिने भएको हो ।

सोहीअनुरुप उप प्रधानमन्त्री इश्वर पोखरेलले आज संचार माध्यमबाट कोरोना भाइरस सम्वन्धी नयाँ मापदण्ड बारे अपील गर्ने कार्यक्रम छ ।
हिजो बसेको बैठकले विधालय बन्द गर्ने सम्बन्धी कुनै औपचारिक निर्णय लिएको थिएन । बैठकमा विद्यालय बन्द गर्ने सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भनी प्रस्ताव पनि उठेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *