Sajhamanch Archive

पाथीभरामा केबलकार निर्माणकार्य अघि नबढाउन चेतावनी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

ताप्लेजुङ । मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा केबलकार निर्माण अघि नबढाउन चेतावनी दिएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रालिले आयोजनाको शिलान्यासको तयारी गरिरहँदा संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले सदरमुकाम फुङलिङदेखि काठमाडौंसम्म गरिने विरोधका कार्यक्रम तय गरेको छ, जसमा जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द समूह, संघीय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेसनल अर्गनाइजेसन पार्टीले पनि ऐक्यबद्धता जनाएका छन् ।

पाथीभरा याक्थुम लिम्बू समुदायको ऐतिहासिक आध्यात्मिक स्थल भएको र केबलकार निर्माणले यसको दोहन हुने संघर्ष समितिको भनाइ छ । समितिले नाम परिवर्तनका लागि गत साउनदेखि नै दबाब दिँदै आएको छ । फुङलिङ–११ फावाखोलाको काफ्लेपाटीदेखि पाथीभरासम्म निर्माण गरिने केबलकारको कागजी प्रक्रिया पूरा भएको छ ।

निर्माण कम्पनीका कार्यकारी निर्देशक ईश्वरी पौडेलका अनुसार अब निर्माण थालिनेछ । आयोजनाको लागत २ अर्ब ५५ करोड रुपैयाँ छ । यसको दूरी २।७ किलोमिटर हुन्छ । केबलकार चलाउन सरकारबाट कम्पनीले ३० वर्षका लागि अनुमति पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ७ गते अनुमति दिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *