Sajhamanch Archive

सेतो मच्छिन्द्रनाथको रथ निर्माण सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथ निर्माण कार्य सुरु गरिएको छ । वैशाख ७ गतेबाट सुरु हुने जात्राका लागि रथ बनाउन थालिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए ।

कोरोना महामारीका कारण गत वर्ष जात्रा रोकिन पुगेको थियो । यस वर्ष स्वास्थ्य सावधानी अपनाएर जात्रा मनाउने तयारी गरिएको छ ।

रथयात्राका लागि विभिन्न उपसमिति बनाएर तयारी भइरहेको समितिले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *