Sajhamanch Archive

स्वर्गद्वारीको रुमाले दूर्घटनाः ५ को मृत्यु, थप उपचारका लागि ६ जनालाई काठमाडौं लगिंदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

प्यूठान । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको छ । दूर्घटनामा परेकामध्ये ५ जनाको मृत्यु भएको छ भने घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली नयाँ वर्षको दिन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा आज बिहान उक्त दूर्घटना भएको प्रहरीले जनाएको छ ।

प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी र २७ वर्षीय यमलाल पन्थी गरी ५ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जानकारी दिइएको छ । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । अन्य घाइतेको प्यूठानको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित सवार जीप दुर्घटनामा परेपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मासहित प्यूठान आउँदै गरेको जनाइएको छ । गुल्मी जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोली दुर्घटना स्थल र घाइतेहरुको अवस्था बुझ्न प्यूठान आउँदै गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *