Sajhamanch Archive

नयाँ उचाइमा नेप्से, बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । सेयर बजारले नयाँ वर्षलाई स्वागत गरेको छ । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

यो साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से २०.६१ अंकले बढेर २७३५.४० अंकमा बन्द भएको छ । नयाँ वर्षको पहिलो कारोबार दिनमा नै सेयर बजारले नयाँ रेकर्ड बनाएको छ ।

यसअघि, २०७७ सालको अन्तिम कारोबार दिन चैत ३१ मा नेप्से २७१४.७९ अंकमने ऐतिहासिक उचाइमा बन्द भएको थियो । आज उक्त रेकर्ड तोड्दै नेप्से अगाडि बढेको हो ।

प्रिओपन सेयरनमा नै २२ अंकमाथिले बढेर २७३७.४० अंकमा खुलेको नेप्से उतार–उढावका बीच ओपनिङ विन्द्भन्दा २ अंकले घटेर बन्द भयो ।

‘इन्ट्रा–डे’ कारोबारमा २७५० अंकलाई पार गर्दै २७५५.३० अंकसम्म पुगेको थियो भने २७३१.८२ अंकको तल्लो विन्दुसम्म झरेको थियो ।

बजार परिसूचकसँगैँ कारोबार रकम पनि बढेको छ । बिहीबार ८ अर्ब ६३ करोड ६६ लाख ६९ हजारको कारोबार हुँदा १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर किनबेच भयो ।

बिहीबार बैंकिङ क्षेत्रले बजारलाई लिड गर्दा व्यापार र हाइड्रोपावरबाहेक सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रले बजारलाई लिड गरेको छ । विकास बैंक उपसूचक सबैभन्दा धेरै ३.१२ प्रतिशत, वित्त कम्पनी उपसूचक २.२२ प्रतिशत, लगानी उपसूचक १.५७ र बैंकिङ उपसूचक १.२२ प्रतिशतले बढेको छ । बजारमा ठूलो हिस्सा रहेको बैंकिङ क्षेत्रमा हरियाली छाउँदा सेयर बजारले नयाँ वर्षलाई सकारात्मक रुपमा स्वागत गरेको छ ।

यता, व्यपार उपसूचक २.५३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३४ प्रतिशतले घटेको छ ।

कारोबार रकममा पनि बैंकिङ क्षेत्रका कम्पनीले नै लिड लिएका छन् । एनआईसी एशिया लघुवित्तको सर्वाधिक ४९ करोड ८९ लाख ६४ हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रचर बैंकको ४९ करोड ८७ लाख ३४ हजारको कारोबार भएको छ । यस्तै, एनआईसी एशिया बैंकको ३२ करोड ६२ लाख ८१ हजार, नेपाल बंगलादेश बैंकको २४ करोड ७९ लाख ३७ हजार र २३ करोड १५ लाख ६७ हजारको कारोबार भएको छ ।

बिहीबार ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा वेस्ट फाइनान्स, एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक रहेका छन् ।

यता, मल्टिपर्पस फाइनान्स र नेसनल माइक्रोफाइनान्स सेयर मूल्य साढे ३ प्रतिशतमाथिले घटेको छ । आज नेप्सेमा कारोबार भएको ९८ कम्पनीको सेयर मूल्य बढ्दा ७२ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *