Sajhamanch Archive

गण्डकी प्रदेशमा ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्ट

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । गण्डकी प्रदेशमा विद्यालय उमेरका बालबालिकामा यूके भेरियन्टको संक्रमण बढ्दै गएको पाइएको छ । संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा र्‍यान्डम नमुना परीक्षण सुरु गरिएको पनि डा. शर्माले बताए ।

“अहिले पोखरा र आसपासका क्षेत्रका विद्यालयमा नै गएर परीक्षण सुरु गरेका छौँ । कलेजका विद्यार्थीहरुमा पनि संक्रमण देखिएपछि र्‍यान्डम स्याम्प्लिङ गरेर एन्टिजेन विधिबाट परीक्षण गरिरहेका छौँ,” डा. शर्माले भने । गण्डकी प्रदेशमा अहिले कोरोनाका ४१६ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *