Sajhamanch Archive

झापामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

Published: in समाज, स्वास्थ्य, by .

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण झापाका एकजना पुरुषको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।

विर्तामोड नगरपालिका(८ निवासी उनी केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *