Sajhamanch Archive

चट्याङ लागेर भोजपुर, तेह्रथुम र बागलुङमा तीनजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । भोजपुर, तेह्रथुम र बागलुङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–८ निगुरे बस्ने ६० वर्षीया मनमाया राईको घरमा बसिरहेको अवस्थामा बिहीबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर बेहोस भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तेह्रथुमको छथर गाउँपालिका–६ असिने बस्ने ताराबहादुर मगरकी ९ वर्षीया छोरी रोहीता मगरको घरमा बसिरहेको अवस्थामा बिहीबार साँझ चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।

बागलुङको ताराखोला गाउँपालिका–२, सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । घरनजिकै हिँडिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको धौलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *