Sajhamanch Archive

नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौंं । नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।

सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ रहेका छन् ।

त्यस्तै आरोहण दलमा रहेकी शर्मिला स्याङ्तानको आरोहण सफल भयो भएन भन्ने बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताए।

यो आरोहण सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *