Sajhamanch Archive

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

Published: in मिडियाबाट साभार, राजनीति, by .

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *