Sajhamanch Archive

उच्च बिन्दुबाट फर्कियो नेप्से : करिब ९ अर्बको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

काठमाडौं । साताको पहिलो कारोबार सेयर बजार परिसूचक नेप्से उच्च बिन्दुबाट ओरालो लागेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ अंकमा बन्द भएको छ । गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से आइतबार १.३७ प्रतिशतले ओरालो लाग्दा २७०० अंकको बिन्दुबाट झरेको हो ।

आइतबार प्रि ओपनिङ सेसनमा दोहोरो अंकले वृद्धि भएर २७५९.९ अंकमा पुगेको थियो । ‘इन्ट्रा–डे’ मा २७६०.०२ अंकसम्म पुगेको नेप्सेले २६९६.३० अंकको तल्लो बिन्दुमा झरेको थियो । नेप्सेमा गिरावट आएपनि करिब ९ अर्बको कारोबार भएको छ ।

आइतबार ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँको कारोबार हुँदा १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर किनबेच भयो ।

आज म्युचुअल फन्डबाहेक सबै उपसूचक ओरालो लागेका छन् । व्यापार उपसूचक सवार्धिक ३.४२ प्रतिशतले ओरालो लाग्दा होटेल तथा पर्यटन उपसूचक २.३८ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.७१ प्रतिशतले घटेको छ ।

विकास बैंक उपसूचक १.६४ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.६३ प्रतिशत, उत्पादन उपसूचक १.५९ प्रतिशत, हाइड्रोपावर उपसूचक १.४० प्रतिशत, वित्त कम्पनी उपसूचक १.४६ प्रतिशत र अन्य उपसूचक १.२९ प्रतिशतले घटेको छ ।

बजार परिसूचकमा करेक्सन हुँदा लगानीकर्ता भने एभरेष्ट बैंकमा झुमिएका छन् । बैंकको ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै एनआइसी एसिया लघुवित्तको ५५ करोड ३२ लाख २७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा महिला लघुवित्त, ज्योति लाइफ र दिव्येश्वरी हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मुल्य ९ प्रतिशत माथिले बढेको छ ।

यता गुडविल फइनान्सका लगानीकर्ताले भने ५ प्रतिशत माथिले गुमाएका छन् । नेप्से १ प्रतिशत माथिले ओरालो लाग्दा १४७ कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै २९ कम्पनीको मुल्य बढ्दा ५ कम्पनीको भने स्थिर रह्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *