Sajhamanch Archive

टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका लागि विरनदिप सिंहले ८७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । नेदरल्याण्ड्सका आर्यन दत्त, बास दि लिडी र सेवस्तियान ब्राटले दुईरदुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा दुई विकेट गुमाएर एक सय ९१ रन बनायो । उसका लागि म्याक्स ओ डाउदले एक सय ३३ रन बनाए ।

शनिवार भएको पहिलो खेलमा नेदरल्याण्ड्स नेपालसँग नौ विकेटले हारेको थियो । नेपालले सोमवार मलेसिया र मङ्गलवार नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यस्तै नेपालले लिग चरणको अन्तिम खेल ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतियोगितामा एक टोलीले दुईरदुई खेल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *