Sajhamanch Archive

फोहोर व्यावस्थापन गर्ने सात जनालाई शुभारम्भको सम्मान

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापाको मेचीनगर नगरपालिका १० स्थित शुभारम्भ अभियानले नयाँ वर्षको अवसर पारी फोहोर व्यावस्थापनमा सहयोग पुर्याउने मेचीनगर नगरपालिका वडा नम्बर १० का सातजना कर्मचारीलाई सम्मान गरेको छ ।

स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रिय रुपमा रहेको शुभारम्भ अभियनाले शनिबार एक कार्यक्रमकाबीच लकडाउनको समयमा ज्यान जोखिममा राखी फोहोर संकलनका साथै व्यावस्थापनमा सक्रिय नगरका कर्मचारीलाई सम्मान गरेको हो ।

यससँगै शुभारम्भले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्येश्यले नेपाल स्टारमा उत्कृष्ट ८ मा पर्न सफल मेचीनगर नगरपालिका १० निवासी विशाल श्रेष्ठलाई सम्मान गरेको छ ।

विशेष गरी सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै स्वच्छ हराभरा वातावरण निर्माणमा लागिपरेको शुभारम्भ अभियानले विशेष सक्रियताका साथ अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *