Sajhamanch Archive

आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।

गएराति भएको खेलमा पञ्जाब किग्ङ्सलाई ६ विकेटले हराउँदै दिल्लीले दोस्रो जित निकालेको हो ।

पञ्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय पारी खेले । यस्तै पृथ्वी शले ३२, कप्तान ऋषभ पन्तले १५, मार्कुस स्टोनिस २७, ललित यादवले १२ रन बनाए । पञ्जाबका झे रिचार्डसनले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पञ्जाबका लागि ओपनरद्वय मायाङ्क अग्रवाल र कप्तान लोकेश राहुलले अर्धशतकीय पारी खेले। अग्रवालले ६९ र राहुलले ६१ रनको योगदान गरे पनि टिमलाई जिताउन सकेनन् ।

जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म ३ खेल खेलेकामा २ मा जित र एकमा हार ब्यहोरेको दिल्लीको ४ अङ्क छ । पञ्जाब भने लिगको सातौं स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *