Sajhamanch Archive

बिर्तामोडमा लुम्बिनी विकास बैंकको शाखा उद्घाटन

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by .

बिर्तामोड । लुम्बिनी विकास बैंक लि ले बिर्तामोडमा आज शाखा उद्घाटन गरेको छ ।

बैकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा बिर्तामोड उद्योग वाण्ज्यि संघका अध्यक्ष प्रकाश सिवाकोटीको प्रमुख आतिथ्यमा बिर्तामोडको भद्रपुर रोडमा बैकले आज शाखा समुद्घाटन गरेको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले बैंकले सिङ्गल डिजिटको अवधारणालाई अवलम्बन गर्दै त्यसतर्फ काम गर्न आग्रह गरेका थिए । यसैगरि समाजसेवि तथा युवा व्यवसायी दिपेन्द्र राउतले व्यवसायीहरुलाई व्यवसाय गर्न सजिलो माध्यम बनेको भन्दै शाखा उद्घाटन गरेकोमा शुभकामना सहित खुशी व्यक्त गरे । साथै एक्सेल बैंकका सिइओ दिनेश पोख्ररेलले अन्य बैंकहरुसँग प्रतिस्पर्धा नगरी व्यवसाय विस्तारमा सहयोग गर्नका लागि सुझाव दिँदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा युवा व्यवसायी राजु न्यौपाने, गोविन्द बिक्रम गिरि, लगायतले लुम्बिनी विकास बैंक लि ले बिर्तामोडमा शाखा उद्घाटन गरेकोमा खुशी व्यक्त गरेका थिए ।

प्रणित पुडासैनीले संञ्चालन गरेको कार्यक्रममा कम्पनीका सचिव हरिकृष्ण सुवेदीले शब्दद्धारा स्वागत गर्दै कम्पनीको निक्षेपको बारेमा जानकारी गराउदै यहाँका जनसमुदायले पनि बैंकको सेवा प्राप्त गर्नुपर्छ भन्ने उद्धेश्यले शाखा उद्घाटन गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *