Sajhamanch Archive

आजदेखि दैनिक १७ करोड लिटर मेलम्चीको पानी वितरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । आजदेखि दैनिक १७ करोड लिटरका दरले मेलम्चीको खानेपानी वितरण थालिएको छ । गएको चैत १५ गतेदेखि काठमाण्डौ उपत्यकाका उपभोक्ताको धारामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

प्रणालीले नधान्ने डरले दैनिक चार करोड लिटरबाट सुरु गरिएको पानी आज १७ करोड लिटरमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । १७ करोड लिटर पानी प्रणालीमा पठाउँदा पनि ठूलो समस्या नदेखिएको र यो एकदमै खुसीको कुरा भएको सचिव बेल्वासेको भनाइ छ ।

पुरानै प्रणालीबाट वितरण गरिएका केही ठाउँमा पाइप फुट्ने समस्या देखिए पनि नयाँ प्रणाली र ठूला पाइपमा समस्या नदेखिएको उनको भनाइ छ । गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *