Sajhamanch Archive

दिल्लीमा एक हप्ताका लागि पूर्ण लकडाउन

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by .

बैशाख ६, नयाँदिल्ली । भारतको दिल्लीमा आज सोमबार रातिदेखि आगामी सोमबार बिहानसम्मका लागि लकडाउनको घोषणा गरिएको छ ।

आज राति १० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्मका लागि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पूर्ण लकडाउनको घोषणा गरेका हुन् ।

पछिल्लो एकसातादेखि रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी दिल्लीमा संक्रमणदर २९.७४ प्रतिशत पुगेसँगै पूर्ण लकडाउनको घोषणा गरिएको हो । यसअघि अप्रिल ३० सम्मका लागि यहाँ रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

आज बिहान लेफ्टिनेन्ट अनिल बैजाल र मुख्यमन्त्री केजरीवालबीच भएको छलफलपछि ६ दिनका लागि पूर्ण लकडाउनको घोषणा गरिएको बिजनेश टुडेले जनाएको छ ।

अप्रिल १५ मा मात्र दिल्लीमा सप्ताहन्तमा कर्फ्युको घोषणा गरी सपिङ मल, जिम सेन्टर, स्पा, सभाहल आदि बन्द गर्न निर्देशन दिइएको थियो ।

आइतबार मात्र दिल्लीमा २५ हजारभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा १६१ जनाको मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *