Sajhamanch Archive

आईपीएलमा राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ ।

राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ ।

मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए ।

यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । ड्वेन ब्राभो २० रनमा अविजित रहे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *