Sajhamanch Archive

कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउन सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने छ ।

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *