Sajhamanch Archive

राष्ट्रिय जनगणना २०७८ लागि कमल गाउँपालिकामा समन्वय समिती गठन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । राष्ट्रिय जनगणना २०७८ सञ्चालन र व्यवस्थापन कार्यलाई सहजीकरण गर्नका लागि स्थानिय तहमा धमाधम जनगणना समन्वय समिती गठन कार्य भइरहेको छ ।

झापाको कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको संयोजककत्वमा समन्वय समिती गठन भएको छ ।

समितीको सदस्यमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुर्यप्रसाद न्यौपाने, तोपगाछी प्रहरी चौकीका ईन्चार्ज सीताराम भण्डारी, वडा नम्वर २ का सचिव देविप्रसाद फुएल र स्थानिय तहको जनगणना अधिकारीका तर्फबाट प्रकाश रन्जितकार रहेका छन् ।

समितीले राष्ट्रिय जनगणनाका लागि गरिने स्थलगत कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने, तथ्याङ्क सङ्कलन कार्यमा गुणस्तरीयता कायम गर्ने तथा पुर्णगणना हुने व्यवस्थाको लागि सहजीकरण तथा प्रचार प्रसार गर्ने , स्थानिय जनगणना कार्यालयलाई आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापनमा सहयोग गर्ने र स्थानिय स्तरमा राष्ट्रिय जनगणना कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने लगायतका कार्य गरि समिती गठन गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *