माधव नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने
Published:
by .काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।
बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दैै स्पष्टीकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार सबै नेताहरुले तोकिएको समयभित्रै स्पष्टीकरण दिने विषयमा छलफल भएको छ । अहिले पनि छलफल जारी रहेको ती नेताले जानकारी दिए ।
Comments