Sajhamanch Archive

भारतमा पछिल्लो चौबीस घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि भारतमा कोरोना संक्रमण र मृत्यु बढ्ने क्रम कम भएको छैन ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५३० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको तथ्यांक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *