Sajhamanch Archive

तराईका सबैजसो क्षेत्रमा तुवाँलो, पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । देशका धेरैजसो ठाउँमा तुँवालो सुरु भएको छ । भारतबाट धुवाँ र धुलो आइरहेकोले तराईका सबैजसो क्षेत्र र काठमाण्डौसहित पहाडी जिल्लामा पनि अहिले भिजिबिलीटी कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रबाट सुरु भएको तुवाँलो पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा आन बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न लागेको उनको भनाइ छ । त्यस क्षेत्रको मौसम बिहानैबाट बद्ली भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने उनले बताए । दिउँसो पनि यी क्षेत्रहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *