Sajhamanch Archive

आज नेदरल्यान्ड्स र मलेसियाबीच खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि दुई खेलमा जित निकालेको नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाउने योजनामा छ ।

मलेसियालाई १५ रनले हराएको नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराएको थियो । यता, फाइनलमा आफ्नो स्थान बनाउन मलेसियालाई आजको खेलमा फराकिलो अन्तरको जित निकाल्न आवश्यक छ ।

सिरिजका दुई खेलमा कमजोर नतिजा निकाल्दै पराजित भएको मलेसिया आजको खेलमा जित निकाल्ने योजनामा छ । नेदरल्यान्ड्सले सिरिजमा तीन खेल खेल्दै ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

यता, अंकविहीन मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा छ ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *