Sajhamanch Archive

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि दिउँसो १ बजेदेखि सुरु हुने माओवादीका नेताहरुले बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ । यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने माओवादीका नेताहरुले बताएका छन् ।

बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । नयाँ सत्ता गठबन्धनको कसरतमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन । अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक गर्ने भन्दै माओवादी केन्द्रले नयाँ सत्ता गठबन्धनबारे नेपाली कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्दै आइरहेको छ ।

नयाँ सत्ता समीकरणले कांग्रेसले आफ्नो नेतृत्व मान्न प्रस्ताव गरिसकेको छ । जसपाले उचित निर्णय दिन नसक्दा नयाँ सत्ता समीकरण अन्यौलमा परिरहेको छ । यसबारे पनि आजको बैठकमा छलफल हुने माओवादी नेतृ पम्फा भुषालले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *