Sajhamanch Archive

भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by .

काठमाडौं । कोरोना खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया सीआईआईले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ ।

कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको खोप बनाइरहेको सीआईआईले राज्य सरकारलाई प्रतिडोज चार सय भारु र निजी अस्पताललाई ६ सय भारुका दरले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।

कम्पनीले विदेशी खोपको तुलनामा आफूले निकै कम मूल्यमा खोपको बिक्री गर्ने पनि दाबी गरेको छ । भारतमा अमेरिकी खोपको मूल्य १५ सय भार तथा चिनियाँ र रुसी खोपको सात सय ५० भारु पर्न आउने सिरमको दाबी रहेको खबरमा उल्लेख छ ।

निजी कम्पनी र कर्पोरेट हाउसहरूले पनि अबको चार/पाँच महिनापछि सरकारी र निजी स्वास्थ्य प्रणालीमार्फत खोप खरिद गर्न सक्ने सीआईआईले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *