Sajhamanch Archive

राष्ट्रपति कार्यालयमा हुने सपथ कार्यक्रम सर्वोच्च अदालतमै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश चुडाल र सुवेदीलाई सपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् ।

यसअघि न्यायाधीशहरुको शपथ राष्ट्रपति कार्यालय शितल निवासमा हुने गरेको थियो । तर यसपटक राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले गराउने शपथ सर्वोच्च अदालतमै गराउन सक्ने भनी पत्र पठाएकाले सपथ कार्यक्रम सर्वोच्च अदालतमै राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *