Sajhamanch Archive

प्रदेश १ मा १०३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य, by .

 विराटनगर । प्रदेश १ मा बुधबार १०३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार ४९० जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये विराटनगरमा १८ महिला र २३ पुरुष गरी ४१ जना संक्रमित थपिएका छन् । प्रदेश राजधानीपछि सुनसरीको धरान उपमहानगरमा ७ महिला र १३ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशका मुख्य सहरमा संक्रमितको संख्या एक सातायता बढ्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *