Sajhamanch Archive

नेपालमा ५३ देशको झण्डै २ खर्ब रुपैयाँ वैदेशिक लगानी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौ । नेपालमा अहिलेसम्म एक खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ ।

नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका एक सय ५३ वटा कम्पनीको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सबैभन्दा धेरै भारतबाट ५६ अर्ब ५ करोड रुपैयाँ, चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्ट्स एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपालमा आएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको छ । २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा, औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी रहेको देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *