Sajhamanch Archive

भारतको कोभिड सेन्टरमा आगलागी, १३ संक्रमितको मृत्यु

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by .

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यस्थित एक कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पालघर जिल्लाको विजयवल्लभ कोभिड सेन्टरको आईसीयूमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।

स्थानीय समयानुसार शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा आगलागी भएको थियो । आगलागी हुँदा सेन्टरमा आईसीयूका १५ सहित ९० संक्रमित रहेको जनाइएको छ । करिब एक घण्टाको प्रयासपछि आगो निभाइएको र अक्सिजन दिनुपर्ने २१ संक्रमितलाई अर्को अस्पतालमा सारिएको छ ।

एसीमा सर्टसर्किट हुँदा आगो लागेको अनुमान गरिएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारका लागि ५० हजार भारु दिने घोषणा गरेका छन् ।

मृतक र घाइतेका परिवारले आगलागी भएपछि अस्पतालका कर्मचारी बिरामीलाई छोडेर भागेको भन्दै उनीहरुको आलोचना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *